अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १८ गते।
६० ट्याब्लेट लागूऔषध नाइट्राभेटसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय रविन कार्की रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मंगलबार दिउँसो प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ तीन ताप्केस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट ६० ट्याब्लेट लागूऔषध नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।