कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १९ गते।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेका हुन् ।

संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको बताए। कुनै पनि जुलुश, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ ,उनले भने।

नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

उनले निजी तथा सरकारी सबै प्रयोगशालामा दक्ष जनशक्तिको आवश्यकताका लागि खर्चको पनि सरकारले व्यवस्थापन गर्ने बताए। उनले काठमाडौंमा भएका नागरिकले पनि बेलाबेला कोरोना परीक्षण गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *