अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १९ गते।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७२ हजार ३३० संक्रमित फेला परेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ ।
एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
हालसम्म ६ करोड ५० लाख भन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।