किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १९ गते।

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् ।

सिन्धुलीको घ्याङलेक गाउँपालिका घर भएकी मसेलीले काम लगाईदिने भनेर लगेकी छोरीले चैत १८ मा फोन गरेर बुवालाई भनिन्–‘म पटक–पटक बलात्कारको शिकार भएँ ।’ त्यसपछि बावुले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुर गरे ।

पीडित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पुर्‍याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *