भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १९ गते।

भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

तेस्रो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ ।

भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *