अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत २१ गते।
टीकापुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षकले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउनुहुन्छ । “जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ”, उहाँ भन्नुहुन्छ, “उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।”