चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई आजबाट दिइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ३१ गते।

चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप सरकारले ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ ।

३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो । सो खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *