कोरोना संक्रमण बढेपछि दिल्ली सरकार द्धारा ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २ गते।

कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ ।

विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।

पत्रकारहरूसँग कुराकानी गर्दै दिल्लीमा जारी कोरोनाभाइरस संक्रमणको चौथो लहर धेरै नै गम्भीर भइरहेको बताए। कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएको हुँदा त्यसलाई मध्यनजरमा राखेर कडा प्रतिबन्ध लगाउन बाध्य भएको उनले बताए। 

दिल्ली सरकारले मल, जिम, स्पा, सभाहल  बन्द गर्न निर्देशन दिएको छ। सिनेमाघरहरूमा ३० प्रतिशत राखेर चलाउन भनिएको छ।  त्यस्तै, रेष्टुरेन्टमा बसेर खान मनाही गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *