वीरगंजको जनता कोरोनाले त्रास : ईनर्वा चौकी मालामाल

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,बैसाख ५ गते।

वीरगंजको वडा १६  इनार्वा नाकावाट  प्रहरी चौकी ईनार्वा मिलोमतोमा व्यापकरुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।

छिमेकी मुलुक भारतको रक्सौल बजारवाट लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल, रंजनिगंधा , माछा , लगाएतको सामान तस्करहरुले अहिरवाटोला नाका प्रयोग गरि  दिन्हु लाखौं रुपैयाको राजशव छलि गरि नेपाल भित्रायाईरहेको प्रत्यक्षदर्शीहरुले यस अनलाइनलाई बताएका छन्।

पर्सा  प्रहरी प्रमुख बेलबहादुर पाण्डे आएको दिन देखिनै तस्करीमा कडाई गरि प्रति महिना करोडौं रुपैयाँको अवैध  मालसामानहरु पक्राउ गरि भन्सार बुझाउदै आउनुभएका छन् ।

पाण्डेले तस्करीमा कडाई गर्ने निर्देशन दिदै आएपनि ईनार्वा चौका का ईन्चार्ज प्रहरी सहायक निरीक्षक भिम बहादुर पौडेल  घुमुवा दुर्गा आले हवल्दारलाई परिचाल गरि निर्देशन विपरीत मोटो रकमको  नजराना बुझि ईनार्वा गाऊवाट व्यापक रुपमा  तस्करीका लाईन सुचारु गराएको प्रहरी स्रोतले जनाएको छ।

सो नाकावाट रातिको समयमा दर्जनो टेम्पु र ठेला  प्रयोग गरि लत्ताकपडा , हाडयेवर , सटिङ सुटिङ , त्यसतै २० वटा मोटरसाइकलमा माछा र दर्जनभन्दा वढि साईकलमा कपडा , राजनिवास लगाएतका सामानहरु अवैध रुपले ईनार्वा गाऊको बाटो भई प्रहरी चौकीको मिलोमतोमा वीरगंजको विभिन्न  ट्रान्सपोर्टहरु सम्म पुर्याउदै गरेका छन्।

प्रहरी चौकी ईनार्वाको यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको समयमै ध्यान जान यति आवशयक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *