अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ६ गते।
शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेका सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुरका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो-६ का २९ वर्षीय सुभाष प्रसाद शाह, धनुषा सबैलाका-५ का २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरी सकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २७ वर्षीय पल्लवी सिंह र ललितपुरका फराज हुसेन रहेको ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण उनीहरूले सच्याएको पाइएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
त्यसरी थपघट गरी किर्ते मार्कसिट बनाएर त्यसैको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृती लिएका थिए ।
आफ्नो व्यक्तिगत लाभको लागि एसएलसीको मार्कसिट किर्ते गरेको आरोपमा सात जनालाई प्रहरीले आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।