वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन वीरगञ्ज महानगरपालिकामा बन्द हुने

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,बैसाख ६ गते।

वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन वीरगञ्ज महानगरपालिकामा बन्द हुने भएको छ । शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण व्यापक रुपमा फैलिएको छ । त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पनि छन् । जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै वैशाख ६ गते सोमबारदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय गरेको शैक्षिक महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।

शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *