भारतको राजधानी नयाँदिल्लीमा आजरातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ६ गते।

आजरातिदेखि भारतको राजधानी नयाँदिल्लीमा एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।

केजरीवालले पछिल्लो केही समययता दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेको भन्दै यो निर्णय गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । यो लकडाउनले कोरोना संक्रमण अन्त्य नभए पनि संक्रमण दरमा कमी ल्याउन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *