आज थपिए २ हजार ३५१ जना कोरोना सङ्क्रमित, कुल संक्रमितको संख्या दुई लाख ८९ हजार ९१८ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ८ गते।

आज पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २ हजार ३५१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७६ हजार ९३  जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *