अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,बैसाख ८ गते।
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा आगलागी भएको छ ।
आगलागीबाट लाखौंको क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षती भएको आकंलन गरीएको छ ।
सो आगोलागीबाट मानबिय क्षती नभएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।