आज थपिए २ हजार ३५१ जना कोरोना सङ्क्रमित, कुल संक्रमितको संख्या दुई लाख ८९ हजार ९१८ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ८ गते।

आज पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २ हजार ३५१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७६ हजार ९३  जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *