अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १० गते।
आईपीएलमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो । कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।
कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३/३ विकेट लिए । केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए । जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ ।