बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १२ गते।

कोरोना संक्रमण फैलिन थालेपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने भएको छ । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कोहलपुरमा ‘लकडाउन’ गरिने भएको हो ।

शनिबार बसेको कोहलपुर नगरपालिकाको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रमा आइतबार राति १२ बजेदेखि एक साताका लागि ‘लकडाउन’ गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनीकरण गर्न तत्कालका लागि लकडाउन नै उत्तम विकल्प देखिएकाले ‘लकडाउन’ गर्नका लागि सीडीओ समक्ष उनले अनुरोध गरिएको बताए ।

तर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने कोहलपुरको लकडाउनको बारेमा जानकारी नभएको बताए । ‘लकडाउन हुने–नहुने बारे मलाई जानकारी आएको छैन । नगरपालिका आफैले गरेको हो, भने मलाई यस विषयमा जानकारी छैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *