जनकपुरमा गुडिरहेको हाइसमा शनिबार साँझ अचानक आगलागी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख १२ गते।

जनकपुरमा गुडिरहेको हाइसमा शनिबार साँझ अचानक आगलागी भएको छ ।

डिभाइडरमा ठोक्किएर आगलागी भएको खुलेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडी यात्रुबाहक हाइसमा आगलागी भएर ध्वस्त भएको छ ।

महेन्द्रनगरबाट जन्ती लिएर तिव्रगतिमा फर्किरहेको हाइस अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । हाइस भित्र राखिएको खाना पाकाउने ग्यासको सिलिण्डर एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाइस ठोक्किएपछि दुर्घटनामा दुईजना घाइते समेत भएको धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

गाडीमा एक दर्जन जन्ती सवार थिए । जस मधये २ जना घाइते भएको प्रहरी नायव उपरीक्षक मिश्रको भनाइ छ ।

गाडीको चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *