दिल्लीमा फेरि एक हप्ता लकडाउन थपिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १२ गते।

दिल्लीमा आज फेरि एक हप्ताका लागी लकडाउन थपिएको छ ।

अहिले कोरोनाको हटस्पट भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।

कोरोनाको खतरालाई मध्यनजर गर्दै फेरि एकहप्ता लकडाउन थप गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

यसअघि गत सोमबार मात्र एकहप्ताको लागि लकडाउन घोषणा भएको थियो । दिल्लीमा लगातार १४ दिन लकडाउन लागू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *