इरानमा अक्सिजनको ट्याङ्क विस्फोट हुँदा २४ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १२ गते।

इरानमा अक्सिजनको ट्याङ्क विस्फोट हुँदा २४ जनाको मृत्यु भएको छ । 

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न  निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *