अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १५ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७९ हजार २७९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ ।