अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,बैसाख १७ गते।
कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश १ को राजधानी विराटनगरसहितका छिमेकी गाउँपालिकाहरू भित्र जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा घोषणा गरेको छ ।
शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए ।
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।
सवारी साधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।