शिलान्यास होईन जन्ताको उपचार गर्न अक्सिजन र भेन्डिलेटरको ब्यवस्थापन गर – सभापति द्विबेदि

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,बैशाख १८ गते।

नेपाली कांग्रेसका पुर्व सान्सद्तथा पर्सा जिल्ला सभापति  नेता अजय कुमार द्विवेदी  कोरोना भाइरसको संक्रमणको बेला सरकार ले  शिलान्यास र उदघाटन् होइन जन्ता बचाउन का  लागि  अक्सिजन र औषधि उपचारको ब्यवस्थापन गर्न माग गर्दै जन्ता लाई अहिले औषधि उपचारको आवश्यकता रहेको बताए ।

पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस का पर्सा सभापति  अजय कुमार द्विबेदीले कोरोना भाइरसको संक्रमण्को बेला देशको जन्तालाई बिकाशको नाममा शिलान्यास र उधघाटन नगरि  बिरामी लाई  अक्सिजन, भेन्डिलेटर र उपचार  चाहिएको बताएका छन। साथै कोरोना उपचार गर्ने अस्पताल छुट्टै हुनुपर्छ र साधारण बिमारिको उपचार गर्ने ब्यवस्था छुट्टै गर्नुपर्ने बताएका छन।

गत वर्ष कोरोना को बेला अस्पतालहरुले लापरबाही गरेपछि बिरगंजमा कुनै पनि अस्पतालले  साधारण बिमारिको उपचार नगरेपछी एक अस्पताल बाट अर्को अस्पताल चहार्दै ज्यान गुमाउनु परेको र सरकारले त्यस्ता निजि अस्पताल लाई केही नगरेकोले अब पनि त्यस्तो अवस्था आउन नदिन सरकार संग माग गरेका छन।

त्यसकारण सरकारले  बिकासको नाममा शिलान्यास र उद्घाटन  नगरी  बिमारी भएका जनता लाई अति आवश्यक  औषधि र उपचारका लागि  चाहिने स्वास्थ्य सामग्रीको समयमै ब्यवस्थापन गर्नुपर्ने  मा नेता द्विवेदि ले जोड दिएका छन।

नेताहरू सरकार गिराउने बनाउने खेलमा नलागि पहिले जन्ता बचाउ  जन्ता लग्नु पर्ने जन्ता नरहे सरकार को  के काम भन्दै उन्ले भने  अहिले  कम्निस्टहरु येस्तो माहामारी को समयमा पनि सता र कुर्सिको  लोभमा पर्नु अशोभनिय रहेको सभापति द्विबेदिले बताएक छन।

नेपाली कांग्रेसका नेता अजय द्विबेदि  सरकारले अबिलम्ब सबै बिकास को बजेट लाई रोकि जनता को उपचार गर्न अक्सिजन, भेन्डिलेटर, र कोरोना अस्पताल को लागि  अबिलम्ब बजेट छुट्याउनु पर्ने माग गरेका छन।

 त्यसकारण सरकारलाई  चाडै जन्ताको उपचार को उपकरण र सामग्री  ब्यवस्थापन  गर्न आग्रह गरेका छ्न । जन्ताले अब उपचार नपाएर  र एउटा अस्पताल बाट अर्को अस्पताल चहार्दै ज्यान गुमाएमा कांग्रेस  चुपलागेर नबस्ने भन्दै सभापति द्विबेदिले  आक्रोश व्यक्त गरे।

One thought on “शिलान्यास होईन जन्ताको उपचार गर्न अक्सिजन र भेन्डिलेटरको ब्यवस्थापन गर – सभापति द्विबेदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *