अनलाईन न्युजपाटी महोत्तरी समाचारदाता, बैसाख १८ गते।
विश्वभर फैलिदै गरिरहेको नयाँ भेरीयेन्टको कोविड १९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा महोत्तरी जिल्लामा समेत संक्रमण तीव्र रूपले बढी रहेको छ

उक्त संक्रमणको रोकथाम र नियन्त्रण को लागि महोत्तरी जिल्लाका बलवा नगरपालिका स्थित कारिक स्थान, पिपरा गाउँ पालिका स्थित बौधि माई मन्दिर सम्सी गा.पा स्थित अनहेर भाटस्थान लगायतका धार्मिक स्थलहरुमा दर्शनार्थी हरुको अत्यधिक भिड भई कोविड १९ को संक्रमण बढ्ने देखिएकोले अर्को नयाँ आदेश नभय सम्म नित्य पुजा बाहेक अन्य पुजा तथा बलि रोकिएको जानकारी महोत्तरी प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराईले जानकारी दिनुभएको छ।