भारतमा एकै दिनमा थपिए चार लाख भन्दा बढी कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १८ गते।

भारतमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या चार लाख नाघेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । 

योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *