महोत्तरीमा मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २० गते।

कोरोनाबाट गत बुधबार मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामी गएका करिब ७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *