कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,बैसाख २० गते।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको हो ।

राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।

सबै कर्मचारीको पीसीआर रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जारी सूचनामा उल्लेख छ ।

कार्यालय अचानक बन्द हुँदा सयौं सेवाग्राही काम नबनी घर फर्किन बाध्य भएका छन् । कार्यालय बन्दबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रमुख जिल्ला अधिकारी कँडेलले दुःख व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *