आज थपिए ७४४८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २० गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७४४८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख ४३ हजार ४१८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ८६ हजार १५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *