युनिसेफको सहयोगमा सशस्त्र प्रहरीद्धारा जनचेतनामूलक कार्यक्रम

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख २० गते। 

कष्णनगर नाका हुदै भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा सशस्त्र प्रहरीले कोरोना नियन्त्रण तथा रोकथामका जनचेतनामूलक कार्यक्रम गरि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान अफै सिमा क्षेत्रमा खटि भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नुभयो । प्रधानले सेनेटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनुभयो । ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन ।

कार्यक्रमलाई सम्बोधनगर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खोलिएको हुनले कोभिड १९ नियन्त्रण गर्न सजिलो हुने बताएका छन । कार्यक्रमको अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले कोरोना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको बताउनु भयो । नगरपलिकाले सबै वडामा ५,५ वेडको आइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताउनुभयो ।

सिमानाकाको जिम्मा पाएका सशस्त्र प्रहरीले जनताको स्वास्थ्य सुरक्षा र कोरोना बाट बच्नको लागि भारतसंग सटेको लुम्बिनी प्रदेशको भैरहवा,कृष्णनगर तथा नेपालगंजको जमुनाहा नाकामा मस्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *