अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २१ गते।
कोरोना महामारीको दोस्रो लहरलाई मध्यजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको अबधि थप गरेको हो।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्मलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
यसअघि जिल्लामा १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।