साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोक्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २१ गते।

साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पुर्याइने घोषणा गरेका थिए ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ। 

नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ। 

प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७ रूपैयाँ पाउने छन्। जसमा ४८ रूपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता रहनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *