धनुषामा आज बिहान ६ बजेदेखि निशेधाज्ञा जारी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २१ गते।

धनुषामा आज बिहान ६ बजेदेखि निशेधाज्ञा लागु भएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिले मंगलबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जनकपुरधाम लगायत धनुषा जिल्ला भरि निषेधाज्ञा लागु गरेको हो ।

गएको आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, महोत्तरीमा भोली (बुधबार) बाट निशेधाज्ञा लागु हुँदै छ । हाल देशको ४२ वटा भन्दा बढी जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *