उर्लाबारी नगरपालिका अत्यावश्यक बाहेकका सवै सेवा एक साताका लागी बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २२ गते।

उर्लाबारी नगरपालिकाले आकस्मिक रुपमा नगरपालिकाबाट प्रदान हुने अत्यावश्यक (दमकल, एम्बुलेन्स, स्वास्थ्य र सरसफाई) बाहेकका सवै सेवा बन्द गरेको छ ।

नगरपालिकाका निमित्व प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरे तथा जिन्सी अधिकृत नगेन्द्रप्रसाद तिम्सीनासहितका कर्मचारीमा कोरोना लागेको पुष्टी भए पछि संक्रमण फैलिन सक्ने त्रासका कारण २०७८ साल बैशाख २८ गते नगरका वडा तथा नगरपालिकाबाट प्रदान गरीने अत्यवश्यक बाहेकका सवै सेवा बन्द गरीएको नगर प्रमुख खड्ग फागोद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।

नगरपालिकाले एक साताको अवधीमा कर्मचारीद्धय घिमिरे र तिम्सीनासगँ सम्पर्कमा पुगेका कर्मचारी तथा सेवाग्राही समेतलाई पिसीआर गरी संक्रमणलाई नियन्त्रण गर्ने जनाएको छ ।

साथै बिज्ञप्तीको अन्त्यमा कोभिड–१९ को नयाँ भेरियन्टको जोखीम उच्च भएकोले नेपाल सरकार र उर्लाबारी नगरपालिकाले जारी गरेको स्वास्थ्य सुरक्षाको पालना गर्न समेत नगरबासी समक्ष आग्रह गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *