अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २३ गते।
सिन्धुपाल्चोकमा आज बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था बढ्दै गएपछि भोलि बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
डीसीसीएमसीको बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । निस्किनै परेमा सरकारले तोकेको सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।
एकै स्थानमा भेला भई सभा सम्मेलन गर्न, हाट, मेला, जात्रा महोत्सव, भोज गर्न पनि रोक लगाइएको छ । १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नदिने निषेधाज्ञामा उल्लेख छ ।
यस्तैं सार्वजनिक तथा निजी सवारी साधनलाई निषेधित क्षेत्रमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यक सेवाहरु एम्बुलेन्स,. खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, मासुजन्य बोकेको सवारी साधन, आइशोलेशन, फोहोरमैला व्यवस्थापनको गाडि सञ्चालन हुनेछ ।