पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २३ गते।

पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३ र चरक मेमोरियल अस्पतालमा १ जना सहित ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *