अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २४ गते।
भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ ।
एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।
स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।
आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् ।
यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।