अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २४ गते।
राजस्थानमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै गहलोत सरकारले बिहीबार राज्यमा लकडाउन बढाउने निर्णय गरेको छ।
यो १० मे बिहान ५:०० बजेदेखि २४ मे बिहान ५:०० बजेसम्म हुनेछ।
त्यस्तै विवाह समारोहमा पनि २४ मे सम्म प्रतिबन्ध लगाइनेछ। यस समयमा, अत्यावस्यक सेवा बाहेक अरू सबै गतिविधिहरू पूर्ण रूपमा बन्द हुनेछ।
राजस्थानका सीएम अशोक गहलोतले मन्त्रिपरिषद्को बैठक पछि पूर्ण ‘लकडाउन’ लगाउने घोषणा गरेका हुन ।