अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २४ गते।
आज मध्यराति १२ बजेबाट रौतहटमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । पसल तथा हाटबजार तत्काललाई सञ्चालनमा ल्याउन नपाइने रौतहट प्रशासन द्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना, पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिइएको बताइएको छ ।
निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन । निषेधाज्ञाको बेवास्ता गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारवाहीको दायरामा ल्याइने उनले चेतावनी दिएका छ ।