अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २४ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९ हजार १९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।