नेपाली काँग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २५ गते।

आज दिउँसो  २ बजे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ ।

बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ ।

२७ गते विश्वासको मत लिने  प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ ।मंगलबारको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ । 

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *