अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २५ गते।
भारतमा एकै दिनमा थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।
भारतमा एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ।
भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन्। अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।