अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २६ गते।
आज पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा थप १२०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५३ हजार १२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।