अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २८ गते।
भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो ।
यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।
नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।