महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा एउटा बस्तीमा ४० भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ३० गते।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो ।

बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

पूर्वपश्चिम राजमार्गबाट छ-सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो ।

बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मीले जानकारी दिए।

बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *