अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ३० गते।
महोत्तरीमा पुनः जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।
बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने निर्णय भएको उनको भनाई छ ।
बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।