कृष्णनगर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाको फितलो व्यवस्थापनले बिरामी समस्यामा परे

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख ३१ गते। 

कृष्णनगर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाको फितलो व्यवस्थापनले बिरामी समस्यामा परेका छन ।

कोरोना महामारीका बेला नगरपालिकाको स्वास्थ्य शाखाले शिवराज अस्पताल लगायत अन्य स्वास्थ्य चौकीहरुमा औषधि अभाव देखि लिएर कर्मचारी व्यवस्थापन गर्न नसक्दा समस्या हुँदै आएको छ । हाल नगरपालिकाको राम गोरखा माविमा रहेको आइसुलेसनमा समेत स्वास्थ्यकर्मीका व्यवस्थापन र तिनका लागि सुरक्षा सामग्री व्यवस्थापन गर्न सकेको छैन । स्थानीयले सहयोग गरेको पीपीई, मास्क, सेनेटाइजरका भरमा अस्पताल संचालन गरिएको शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चौधरीको भनाई छ ।डा. चौधरि अनुसार स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईसंग सम्पर्क गर्दा फोनै नउठाउने , उठाएपनि ठिक छ भईहाल्छ भन्नुहुन्छ तर केही रेस्पोन्स हुदैन । राति राति खटेर काम गरिरहेको छु तर रेस्पोन्स शुन्य हुन्छ अब यस अस्पतालमा काम गर्न गार्हो भइरहेको डाक्टर चौधरीले दुखेसो पोखे । स्वास्थ्य संयोजक भट्टराईले आफुहरु सहयोग गर्दै आएका छौ , सबै व्यवस्थापन भईसकेको भनेका छन । तर अस्पताल पुग्दा कहिले औषधि छैन त कहिले कर्मचारी छैन्न जस्ता समस्या दिनहु देखा परेको स्थानिय बिरामी कुरुवा जमुना कश्यपले बताए ।

अस्पतालमा आवश्यक पुर्वाधार निर्माणदेखि लिएर औषधि व्यवस्थापनमा नगरपालिका सहयोग गर्दै आएको छ, कर्मचारीको मनोबल उच्च राख्न हामी आवश्यक सुविधा पनि दिन्छौं तर कोरोना महामारी जस्तो संवेदनशील अवस्थामा कोहि कसैले हेलचक्रयाई गर्छ भने तुरुन्तै कार्यवाही गरिने नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

विगत केही दिनदेखि अस्पतालका आन्तरिक कर्मचारीहरुलेत कहिले सिरिन्ज छैन बिरामीहरु गुनासो गर्छन। आफ्नो व्यक्तिगत फाइदाका लागि राजनिती गरि अस्पताललाई बदनाम गराउने र डाक्टर टिक्न नदिइनेसम्म खेल खेल्ने गरेको एक जना कर्मचारीले बताएका छन ।

कृष्णनगर नगरपालिकाले आकस्मिक बजेट मार्फत २५ लाख रकम विनियोजन गरेको छ कोविड विरुद्धको व्यवस्थापनका लागि , तर हालसम्म अस्पतालले आफ्नै स्त्रोतसाधानले आइसुलेसन संचालन गर्दै आएको छ । स्वास्थ्य शाखाको निष्क्रियताले गर्दा अस्पतालमा उपचारका लागिपुगेका बिरामी र कुरुवाबाट स्वास्थ्यकर्मीहरु समेत गाली खानुपरेको अहेब रविप्रकाश उपाध्यायले बताउनुभयो ।अक्सिजन नपाएर जनता बेहाल रहेको अवस्थामा कर्मचारी इमानदारीपुर्वक भइ खटेमा मात्र महामारीबाट बाच्न सकिने सरोकारवालाको भनाई छ । शिवराज अस्पताल र अन्य हेल्थपोष्टहरुमा बिरामी चाप झन बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *