साउन १ गतेदेखि ४० माइक्रोभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

आगामी साउन १ गतेदेखि सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *