कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा पुनः थपिए

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २० गते।

कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।

जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै बैशाख ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए । खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल भने आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैँक तथा वित्तीय संघसंस्थाहरुले ५० प्रतिशत कर्मचारी राखेर दैनिक बिहान ६ देखि ११ बजेसम्म मात्र सेवा दिन पाउने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *