अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,जेठ २० गते।
सिरहामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द (डीसीएमसी) को बुधबार बसेको बैठकले जिल्लामा संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।
गत ३१ वैशाखमा राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि सकिनैलाग्दा फेरि थप गरेर ३१ जेठसम्म पुर्याइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।