सिरहाको मिर्चैयामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,जेठ २३ गते।

सिरहाको मिर्चैयामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार गरिएको हो ।

मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दाँया खुट्टा र हातमा गोली लागेका साफी गम्भीर घाइते भएका छन् ।

घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ । घटस्थलमा पुगेर अनुसन्धान थालेको र तीनजना शांकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको सिरहाका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *